arrow

अक्टोबर २ मा दुई करोड ३० लाख यात्रुलाई साकाहारी खाना मात्र दिने

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
indian-railway.jpg

नयाँ दिल्ली। भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ। अहिंशाका प्रतिक मानिने गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा रेल सेवाले पहिलो पटक साकाहारी खाद्यपदार्थ मात्रै दिने निर्णय गरेको हो।

रेल सेवाले सबै क्षेत्रीय कार्यालयलाई जारी गरेको सूचनामा रेलभित्र साकाहारी खाद्यपदार्थ मात्रै विक्रि वितरण गर्न निर्देश गरिएको छ। गान्धीको जन्मजयन्ती मनाउने सिलसिलामा साकाहारी खाना मात्रै वितरण गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। देशका पिता मानिने महात्मागान्धी प्रति सम्मान गर्न र उनको आदर्शलाई सम्झनाका लागि रेलभित्र साकाहारी भोजनको व्यवस्था गरिएको रेल सेवाका प्रवक्ता सिद्धार्थ सिंहले सञ्चारकर्मीलाई बताए।

भारतको रेल सेवाको इतिहासका यस्तो निर्णय पहिलो पटक गरिएको पनि उनले शनिबार जानकारी दिए। आउदो अक्टोबर २ तारिखका दिन भारतीय रेल सेवाका सवै रेलमा साकाहारी भोजनको मात्रै व्यवस्था हुने निर्णय भएको प्रवक्ता सिंहले बताए।

भारतीय रेल सेवा विश्वकै सबैभन्दा ठूलो सञ्जाल भएको रेल सेवा मानिन्छ। यस अन्तर्गत झण्डै नौ हजार यात्रुबाहक रेल रहेका छन् भने दैनिक दूई करोड ३० लाख यात्रुलाई सेवा दिने गरेको छ।

भारतीय रेल सेवासँग राज्यसँग जस्तै छुट्टै र आफ्नै सार्वजनिक व्यवसायीक प्रतिष्ठान रहेका छन्। यस्ले विद्यालय, अस्पताल, सुरक्षा सेवा र निर्माण कम्पनी चलाएको छ भने विश्वको सातौँ ठूलो रोजगारदाता कम्पनी पनि हो। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ