-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंगल्याण्डले स्पेन सामु आत्मसमर्पण गरेको छ । घरेलु मैदानमा खेलेको इंगल्याण्डले खेल २–१ ले सुम्पिएको हो ।
खेलको ११ मिनेटमै मार्कस रसफोर्डले गोल गर्दै इंगल्याण्डलाई अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा हार खान पुग्यो ।
गोल खाएको दुई मिनेटमै साउल निग्वेजले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए ।
३२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसपछि खेलमा तनाव भयो गोल भएन ।
ल्युक शा, जोन स्टोन्स र ड्यानी रोजले पहेंलो कार्ड खाए तर गोल गर्न सकेनन् ।
लिग ए को समूह ४ मा रहेको इंगल्याण्ड र स्पेनसंगै क्रोएसिया पनि रहेको छ ।







