arrow

इमरान खानकी पूर्व पत्नीले भनिन् –कट्टरपन्थी सामु झुक्यो सरकार

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
imran-jemima.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी जेमिमा गोल्डस्मिथले पाकिस्तान सरकार कट्टरपन्थीहरु सामु झुकेको आरोप लगाएकी छिन् ।

ट्वीटरमा सन्देश ट्वीट गर्दै जेमिमाले पूर्वपति नेतृत्वको सरकारले गठन गरेको आर्थिक सल्लाहकार परिषदका चर्चित अर्थशास्त्री अतिफ मियांको नाम फिर्ता लिएर कट्टरपन्थीसंग झुकेको स्पष्ट पारेकी हुन् । 

पाकिस्तान सरकारले मियां अहमदिया सम्प्रदायका भएका कारणले कट्टरपन्थीको दवावमा आएर नाम फिर्ता लिएको उनको आरोप छ । 

पाकिस्तानको संविधानमा अहमदिया सम्प्रदायलाई गैर मुस्लिम घोषित गरेको छ । 

इमरानसंग सन् २००४ मा सम्बन्ध विच्छेद गरेकी ४४ वर्षीया जेमिमा ब्रिटेनमा बस्दै आएकी छिन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ