भिडियोमा नम्रताको पाउजु मन्त्रमुग्ध बनेको बाबुको प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ ।
प्रकाशित २०७२ फागुन ६ बिहिबार
1.8k
Shares
काठमाडौं । रेडियोमा कार्यक्रम सञ्चालन र म्युजिक भिडियो निर्माणमा चर्चित नाम हो सुरज श्रेष्ठ । हालसम्म दजनौं म्युजिक भिडियो निर्माणसँगै इमेज एफएममा रहेर आफ्नो सुमधुर आवाजलाई लाखौं श्रोताको कानसम्म ठोक्काईसकेका सुरज बोल्नसँगै भिडियो निर्माणमा पनि अब्बल मानिन्छन् ।
उनले हालै निर्माण गरेको भिडियो ‘पाउजुले’ मा फिचरिङ गरेका मोडल तथा नायक बाबु बोगटी र नायिका तथा मोडल नम्रता श्रेष्ठलाई रोमान्टिक रुपमा प्रस्तुत गरेका छन् । गायक रत्न सुब्बाको स्वरमा रहेको यो गीतमा सौरभ तिमिल्सिनाको शब्द र रत्न कै संगीत छ । भिडियोमा नम्रताको पाउजु मन्त्रमुग्ध बनेको बाबुको प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ ।
भिडियोमा उज्जवल ढकालको सम्पादन, हरि हुमागाईको छायांकन र कृष्ण तथा कसमको सह निर्देशन छ । निर्देशक सुरजका अनुसार यो भिडियोको विशेषता भनेको यसको रिभर्स मोसन हो । जुन कुरा भिडियोमा प्रष्ट देखिन्छ ।