arrow

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
ime-general-insurence-ceo.jpg

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन्। भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंकबाट सुरुवात गरी सहायक महाप्रबन्धक सम्मको यात्रामा १३ वर्ष बिताएका थिए।

विभिन्न बैंक, बित्तीय तथा इन्स्योरेन्स कम्पनीको अनुभव लिएका भट्टले मेघा बैंककमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरिसकेका छन्।

भट्टले आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण लिदै भने, 'आफ्नो कार्य अनुभबको अधिक्तम प्रयोग गरी कम्पनीलाई नयाँ दिशामा जीवन बीमामध्ये उत्कृष्ट स्थान हासिल गर्न प्रयासरत रहने छु'।

साथै उनले कम्पनीलाई हालको स्थितिसम्म पुर्‍याउन सहयोग गर्ने नियमनकारी निकाय, संस्थापक शेयरधनी, विभिन्न साझेदार तथा कर्मचारीहरुलाई धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गर्नेका लागि अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ