जोहानेसबर्ग (दक्षिण अफ्रिका)। पूर्वी तथा दक्षिण अफ्रिकामा करिब १० लाख बालबालिका कुपोषणको समस्याबाट ग्रसित भएको युनिसेफले जनाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार बितेका ५० वर्षमा कडा एल निनो तथा दुई वर्ष अघि परेको खडेरीका कारण उनीहरुमा कुपोषणको विकराल समस्या भएको युनिसेफको अध्ययनले बताएको छ ।
पूर्वी तथा दक्षिण अफ्रिकामा विशेषत बालबालिकालाई आवश्यक खाना तथा पानीको अभाव हुँदा उनीहरु उनीहरूको श्वास्थ्यमा समस्या भएको अध्ययनले बताएको छ । बालबालिकामा आवश्यक न्यूनतम पोषणको कमी हुँदा उनीहरुको उचाईअनुसार वजन कम पाउने गरेको साथै स्मरण शक्तिमा समेत कमी भएको देखिएको अध्ययनले देखाएको छ । शरीरमा पाइने विभिन्न मिनरल तथा भिटामिनको मात्रामा कमी हुँदा बालबालिकाको बृद्धि तथा विभिन्न खालका स्वास्थ्य समस्यासमेत देखिने गरेको अध्ययनले बताएको छ ।