- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड दबंग स्टार सलमान खानको भाउ बढ्दो छ । उनको कमाई बलिउडमै उच्च हुँदै गएको छ ।
सलमानको बिगबोस जत्ति खर्चिलो छ त्यति चर्चामा भने नरहेको बताइन्छ । तर सलमानको भाउ भने बढेको बढ्यै छ ।
उनको बिगबोस १२ को एक इपिसोडको कमाइ नै १४ करोड भारु छ ।
सबैभन्दा बढी पारिश्रमिक लिने बलिउड स्टारले मागेको १९ करोड भारु थियो । तर उनले पाए १४ । खासमा यो रकम पनि गत सिजनको भन्दा तीन करोड बढी हो ।
यो शो वर्षको १३ हप्ताभन्दा बढी चल्छ । हप्तामा दुई दिन चल्ने यो शो कम्तीमा २६ इपिसोड चल्ने गर्छ ।
यही हिसाबले उनको कमाई तीन अर्व ६४ करोड भारु हुन आउँछ । अर्थात् नेपालीमा पाँच अर्ब, ८२ करोड, ४० लाख रुपैयाँ ।
भारतीय संचारमाध्यमका अनुसार बिगबोस–१२ मा २१ प्रतिस्पर्धी हुनेछन् ।