arrow

निजगढमा २४ लाख रुख काट्ने  प्रस्ताव क्याविनेटमा लैजाने सहमति 

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
nijgadh-new-fnl.jpg.jpeg

काठमाडौ‌ं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ । 

वन मन्त्रालयमा भएको बृहत् छलफलपछि दुईमन्त्रीबीच निजगढ विमानस्थल निर्माणसँगै सो क्षेत्रमा शहर (एयरपोर्ट सिटी) पनि निर्माण गर्दा थप रूख कटान गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको थियो । निजगढमा शुरुमा विमानस्थल मात्र निमार्ण गर्ने निर्णय भएको थियो तर पछि पर्यटन मन्त्रालयले विमानस्थलसँगै शहर पनि निर्माण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ । 

छलफलपछि पर्यटनमन्त्री अधिकारीले उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा लैजान वनमन्त्री बस्नेतसँग आग्रह गरेका थिए । मन्त्री बस्नेतले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर याे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएकाे उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।  

निजगढमा विमानस्थल मात्र निर्माण गर्दा सो क्षेत्रको वनका आठ लाख रूख कटान गर्नुपर्ने देखिएको छ भने शहरसमेत निर्माण गर्नका लागि २२ देखि २४ लाख रूख कटान गर्नुपर्ने वन मन्त्रालयको अनुमान छ । दुई मन्त्रीबीच पर्यापर्यटनलाई प्रवर्द्धन गर्न दुवै मन्त्रालयकाे संयुक्त सर्भे टोली गठन गर्ने सहमति समेत भएको छ । विमानस्थल निर्माणबारे निकै धेरै कुराहरु बाहिर अाईरहेका छन् । कतिपयले बनाउनु हँदैन भनेका छन् भने कतिपयले वातावरणमन्त्री बन्ने भएमात्रै बनाउन सुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ