मध्यप्रदेशबाट एक सय १५ जना कांग्रेस कार्यकर्ता पक्राउ
प्रकाशित २०७५ भदौ २५ सोमबार
502
Shares
भूपाल। भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा एक सय १५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ। पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ।
प्रदेशका प्रहरी महानिरीक्षक मक्रान्द डेउस्करले सञ्चारमाध्यमहरूलाई सम्बोधन गर्दै भने, “कानूनको कार्यान्वयन गराउने सिलसिलामा एक सय १० देखि एक सय १५ जनासम्मलाई पक्राउ गरिएको छ, पक्राउ पर्नेहरूको सङ्ख्या बढी हुन पनि सक्छ, उज्जैन, कात्नी र जावालपुरमा केही घटनाहरू पनि भएका छन्, जुन दर्ता पनि भएको छ।”
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको थियो। त्यही सिलसिलामा मध्यप्रदेशमा बन्दको आयोजना गरिएको समाचारमा जनाइएको छ।
कांग्रेसले पेट्रोलियम पदार्थको मुल्यवृद्धि मात्रै नभई भारतीय रूपैयाँको मूल्य घटेको विरोधमा पनि विरोध कार्यक्रम आयोजना गरिएको बताएको छ।
कांग्रेसका धेरै नेताले आन्दोलनमा सहभागी हुन आम नागरिक र व्यापारीहरूलाई पनि आह्वान गरेका थिए। प्रदर्शनकारीहरूले कतिपय पेट्रोल पम्प र अन्य व्यापारिक प्रतिष्ठानहरूमा तोडफोड पनि गरेका थिए। एएनआई