arrow

एपीएलमा सन्दीप लामिछाने छानिए, पारस र सोमपाल छानिएनन् 

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
sandeep-u-19-captain.jpeg

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग एपीएलको खेलाडी ड्राफ्टमा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ ।

सन्दीपलाई नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । 

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, मोहमद हफिज, मुस्फिकुर रहिम, जाहिर खान लगायत रहेका छन् ।

कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने ड्राफ्टमा छनोट हुन सकेनन् ।

प्रतियोगिताको नियमानुसार कम्तिमा १ एसोसिएट खेलाडी प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ