arrow

आइपीएल क्रिकेटमा चुनाव भिलेन, विदेशतिर आयोजना

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
ipl-cricket.jpg

काठमाडौं । आगामी वर्ष भारतमा हुने आम निर्वाचनका कारण १२ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट लिग आइपीएल विदेशी भूमिमा हुने सम्भावना बढेको छ । 

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चुनावको मिति जुधेमा आइपीएल विदेशी भूमिमा गर्न सक्ने जनाइएको छ । बीसीसीआइले निर्वाचनको मितिको समय कुरेर बसेको जनाएको छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार भारतीय निर्वाचन आयोगले निर्वाचनको मिति तोक्नासाथ यदि आइपीएलको समय जुध्यो भने विदेशी भूमिमा आइपीएल गर्ने आइपीएलका अध्यक्ष राजीव शुक्लाले बताएका छन् । 


आइपीएल यसअघि सन् २००९ मा दक्षिण अफ्रिकामा र सन् २०१४ मा युएईमा भएको थियो । बीसीसीआईले आइपीएललाई पैसा छाप्ने मेसिनका रुपमा लिएकाले पनि यसलाई स्थगित गर्नुभन्दा विदेशी भूमिमै भए पनि समयमा गर्ने योजना बनाउँदै आएको छ । 

आइपीएल अध्यक्ष शुक्लाले यसपटक फेरि दक्षिण अफ्रिकामै खेल हुन सक्ने जनाएका छन् । युएईको सम्भावना पनि रहेको बताइन्छ । 

आइपीएलमा नेपालबाट सन्दीप लामिछानेले ११ औं संस्करणमा दिल्ली डेयर डेभिल्सबाट खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ