arrow

सीमामा पेट्रोलियम पदार्थ तस्करी, तीन पेट्रोल पम्पमा शिलबन्दी

एसोसिएसनका पदाधिकारी नै फसे

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ २८ बिहिबार
yatayat-punp.JPG

बुटवल । पछिल्लो समय सीमा क्षेत्रमा पेट्रोलियम पर्दाथ तस्करी हुने गरेको छ । भारतमा नेपालमा भन्दा पेट्रोलमा १८ र डिजेलको १६ रुपयाँ मुल्य धेरै पर्ने भएकोले रुपन्देहीका सीमा क्षेत्रमा रहेका पेट्रोल पम्पबाट भारतीय चालक तथा अन्य तेलको कारोबार गर्नेहरुले भारतमा दैनिक हजारौं लिटर पेट्रोल लैजाने गरेका छन् । 

सीमा क्षेत्रमा नेपाली सवारी साधनमा राख्नको लागि तेल नदिने तर भारतीय साधनमा प्रतिलिटर १ देखि २ रुपैयाँ महंगोमा यहाँका पम्पहरुले दिने गरेको खुलेको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थ अपचलनका कारण नेपाली सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले छड्के अनुगमन सुरु गरेको छ ।

बिहीबार जिल्लाको ओमसतिया र रोहिणी गाउपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गमा रहेका तीन वटा पेट्रोल पम्पमा छड्के निरीक्षण गर्दा पेट्रोलियम पर्दाथ अपचलन गरेको पाइएपछि अनुगमन टोलीले तीन वटा पेट्रोलिय पम्पमा शिलबन्दी गरेको हो । पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियनका महासचिव हरेराम कसैधनले तेल अपचलन गर्ने गरेको उजुरी परेपछि डिलर ऐसोसिएसनका नेतृत्वहरु प्रति पनि शंका उत्पन भएको छ । 

ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिष्ट्रिव्युटर्स कसैधनको हो । जसलाई प्रशासनले शिल गरेको छ । केही बर्ष पहिले चर्चित तेल चोरी प्रकरणमा पनि पदाधिकारीहरु नै मुछिएका थिए । यस्तै रोहिणी गाउँपालिकामा पर्ने सुविन यादवको जय माँ दुर्गे आयल स्टोर्स धकधई र राजेश घिमेरेको न्यू एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । 

सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पहरुले नेपाल आयल निगमले दिएको निर्देशन अबज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनधिकृत रुपमा पेट्रोल तथा डिजल बिक्री बितरण गरेको पाइएपछि शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 

रुपन्देही कपिलबस्तु र नबलपरासीको हुलाकी राजमार्गमा १२ वटा पम्प रहेका छन् । नेपाली बजारमा पेट्रोलिय पदार्थ अभाव देखाउँदै यी पेट्रोल पम्पहरुले भारतीय बजारमा पेट्रोलियम पदार्थ अनधिकृत रुपमा पैठारी गरेको सुचना थाहा पाएपछि नेपाल आयल निगमले कडा निर्देशन दिँदै भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारहरुलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन पाइने सर्कुलर गरेको थियो । 

आयल निगमको निर्देशनलाई अबज्ञा गर्दै यी पेट्रोल पम्पहरुले भारतीय नम्बरका सवारी साधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलीले भेटाएपछि  कार्वाही प्रक्रिया अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख बेदप्रकाश उपाध्यायले बताए । 

नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थ डिजल र पेट्रोलको मुल्यमा झन्डै २० रुपैयाँ बढी रहेको छ । जसका कारण नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिए । 

अनुगमनका क्रममा टोलीले सुरज आयल डिष्ट्रिव्युटर्समा २ सय लिटर डिजल हाल्दै गरेको युपी १७ एट २३५४ नम्बरको बस र १ सय ५० लिटर डिजल भोर्दै गरेको जिजे १० टियु १२१८ नम्बरको ट्रकले भेटाएको थियो । जुन आयल निगमको निर्देशन बिपरित हो । दुबै बस र ट्रक भारततर्फ जाँदै गरेका थिए ।
अनुगमन टोलीले जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा समेत भारतीय सवारी साधन, बस र ट्रकले आयल निगमले तोकेका भन्दा बढी इन्धन भर्दै गर्दा भेटाएको थियो ।

अनुगमनका क्रममा शिलबन्दी गरिएका पेट्रोल पम्पहरुलाई कडा कार्बाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलीले बताएको छ ।   

सहायक प्रमुख जिल्ला अधिकारीले पाण्डेयले बिक्री गर्दा नेपाली मुख्य अनुसार विक्री गरेको भेटिएको तर अन्य दिनमा भारतीयलाई  धेरै मुल्य लिएको पनि हुनसक्ने बताए । उनले भने ‘आज  नेपाली बजार अनुसार नै  थियो अन्य बिलहरु हेरपछि बढी लिएको या नलिएको  पनि खुल्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ