arrow

बेनी–जोमसोम सडक अवरुद्ध

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
beni-road.jpg

बेनी। हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अविरल वर्षा संगै आएको बाढी पहिरोका कारण मुस्ताङका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्।

म्याग्दिको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से खण्ड र मुस्ताङको थासाङ गाउँपालिका ३ लेते र ४ घासाँ गरि पन्ध्र ठाउँमा पहिरोले सडक बगाएपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी आवत जावत बन्द भएको बेनी जोमसोम कोरला सडक आयोजनाका ईन्जिनियर प्रदिप निरौलाले जानकारी दिए।

सडक अवरुद्ध हुदा उत्तरी उपल्लो मुस्ताङको २ गाउँपालिकाको साथै काठमाडौ ,पोखरा जोमसोम सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। स्थानीय बासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु ७६ किलोमिटर दुरीको सडकमा कम्तीमा आठ ठाउँमा गाडी परिवर्तन र पैदलयात्रा गर्न बाध्य भएका छन्।

कुन्जोमा स्वास्थ चौकी तथा आमा समुहको भवन पुर्ण रुपमा क्षति पुगेको छ साथै टिटि गाउँ र छायो गाउँका धेरै जस्तो खेति तथा खेति योग्य जमिनमा क्षति पुर्याएको थासाङ गाउँपालिका वडा न ५ कुन्जोका वडा अध्यक्ष सोमल हिराचनले जानकारी दिए। थासाङ गाउपालिका २ सौरुमा बाढिले दश घरमा क्षति पुगेको छ। एक घरमा पुर्ण रुपमा क्षति पुगेको थासाङ गाउँपालिका वडा न २का अध्यक्ष नर प्रसाद हिराचनले बताए।

यसैगरी पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको ,कालोपानी क्षेत्रमा बाढि गएको थासाङ गाउँपालिका अध्यक्ष बुद्धि प्रसाद शेरचनले बताए। र तत्कालै सम्बन्धित निकायलाई क्षतिपुर्तिको लागि पहल गरिने अध्यक्ष शेरचनले जानकारी दिए।

सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरु प्रभावीत भएका छन्। मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएको छ। दैनिकजसो सडक अवरुद्ध हुदा याम सुरु भएपनि बजारमा स्याउ पठाउन समस्या भएकाले कृषकहरु निराश बनेको छ।

बाढि तथा पहिरो प्रवावित क्षेत्रमा गण्डकी प्रदेश सासंद चन्द्र मोहन गौचन, गण्डकी प्रदेश सासंद महेन्द्र बहादुर थकाली, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, शशस्त्र प्रहरी नायव उपरिक्षक हरि बहादुर गुरुङ थासाङ गाउँ पालिका अध्यक्ष बुद्रि प्रसाद शेरचन, नेकपा नेता शुक बहादुर बिक र धिरेद्र बिकले अबलोकन गरेका थिए।

जिल्लाका विभिन्न ठाउँमा भएका विपतका समस्या सुल्झाउन सघंमा पहल गरिरहने र तत्काल बाटो खुलाउनको लागि निर्माण कार्य अगाडि बढाईने प्रतिनिधि सांसद प्रेम प्रसाद तुलाचनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ