arrow

काठमाडौंबाट पटना-बोधगया सिधा यातायात शुरु, अनलाइनबाटै टिकट काट्न सकिने 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
bus-service-ktm-patna.jpg

काठमाडौं। राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ। बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायातको सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो।

बिहीबार माननिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराइ बसलाई विधिवत रूपमा गन्तव्यमा पठाइ सेवाको शुभारंभ गरे। यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बससेवा सुरू हुनेछ। सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ। 

स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरुवात गरेको छ। अबदेखि यात्रीहरूले manjushreeyatayat.com.np मार्फत् अनलाइनटिकट काट्न सक्नेछन्। यसैगरी बससेवाको वेबसाइट bussewa.com तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ।

इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन्। साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ।

राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्री रघुवीर महासेठले दुई देशकाबीचमा इतिहाँसदेखि नै सुमधुर सम्बन्ध रहिआएकोमा पछिल्लो समय भारत र नेपालको सम्बन्ध अझ उचाइमा पुगेको बताए। उनले दुई देशकाबीचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवत जावतमा झनै सहजता हुने बताए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले पटना, बोधगया लगायतका क्षेत्रमा पनि सिधा यातायात सुरुवात हुनाले दुई देशकाबीचमा यातायात सुविधा अझ सहज हुनुका साथै यसले नेपाल र भारतबीचको सम्बन्धलाई अझै उचाइमा पुर्‍याएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ