काठमाडौं । नेपालले सहभागीता जनाउन नपाएको एसिया कप क्रिकेट प्रतियोगिता शनिबारदेखि युएईमा सुरु हुँदैछ । पहिलो खेलमा समूह बी अन्तर्गत बंगलादेश र श्रीलंका खेल्दैछन् ।
खेल साँझ ५ः१५ बजे सुरु हुँदैछ । नेपालले भने छनोट चरण नै पार गर्न सकेन । मलेसियामा भएको छनोट खेलमा नेपाल पहिलो हुनुपर्नेमा चौथो भयो ।
हङकङ छनोट भएको थियो ।
६ टोली सहभागी एसिया कपको समूह बी मा अफगानिस्तान पनि रहेको छ ।