- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन लागेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जान लागेको प्रचण्डले पार्टीकै निमन्त्रणमा जान लागेकाले पार्टी सुदृढिकरण र सम्बन्ध विस्तारका कुराहरु प्राथमिकतामा रहने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग बोल्दै प्रचण्डले नेपाल चीनबीचको सम्बन्ध विकासका लागि पनि आफ्नो भ्रमण फलदायी हुने प्रचण्डले बताए ।
उनले भ्रमणका क्रममा कुनै सहमति नहुने भए पनि सम्बन्ध भने प्रगाढ बन्ने विश्वास गरे ।
समायोजनको प्रक्रियामा सकारात्मक रुपले अगाडि बढेको बताउँदै प्रचण्डले आफू चीनबाट फर्केर आएपछि सबै प्रक्रिया टुंगिने बताए ।