arrow

अफगानिस्तान नेपालसंग २५ रनले पराजित

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं। भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ। आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो।

लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो। एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो।

यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे। उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने। सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रन बनाए। बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २-२ विकेट लिए।

अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए। रेयाज हसानले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे। बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई-दुई विकेट लिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ