‘ए’ डिभिजन लिग : चार विधाका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने
प्रकाशित २०७५ भदौ ३१ आइतबार
542
Shares
काठमाडौं । असोज दोस्रो साताबाट सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकले मोटरसाइकल पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार पत्रकार सम्मेलन गरेर लिगमा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने चार खेलाडी र एक प्रशिक्षकलाई मोटरसाइकल दिने भनेको हो ।
रेलिगेसन विनाको लिग असोज १३ गतेबाट सुरु भएर माघ १६ सम्म चल्ने छ । लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् ।
एन्फाले लिग अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने अग्रपंक्तिका खेलाडी, मध्यपंक्तिका खेलाडी, रक्षक, गोल रक्षक र प्रशिक्षकलाई एक एक थान मोटरसाइकल दिइने जनाएको छ ।
लिगको विजेताले ५० लाख प्राप्त गर्नेछन् । यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रो हुनेले २५ लाख पाउने जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटो र हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ क्लबको मैदानमा हुने लिगको विजेताले ५० लाख पाउने छ । यस्तै, उपविजेताले ३५ लाख र तेस्रो हुनेले २५ लाख प्राप्त गर्ने छ । त्यस्तै, लिगको चौथो हुने टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउने छ । फेयर प्ले टोलीले एक लाख पाउने छ ।