arrow

नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
nepal-stock-exchange.png

काठमाडौं। धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ। यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक मात्रै नभइ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ। आज कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ।

आज सबै उपसमूहको शेयरमा वृद्धि भएको छ। बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत् ६.५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बीमा ४८.५ विन्दुले वृद्धि भएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ