arrow

पुर्ननिर्माणमा अहिलेसम्ममा १ खर्ब ८५ अर्ब रुपैया खर्च, बाँकी पुनर्निर्माणका लागि थप ६ खर्ब लाग्ने

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
earthquake-2072-ktm.jpg

काठमाडौं। भूकम्पबाट क्षति भएका भौतिक संरचानाको पुर्ननिर्माणमा अहिलेसम्ममा १ खर्ब ८५ अर्ब रुपैया खर्च भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब र तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो। पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ। २०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो।
 
बाँकी पुनर्निर्माणका लागि थप ६ खर्ब लाग्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीइओ सुशील ज्ञवालीले भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने बताए। चालू आर्थिक वर्ष्भित्र पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउन सरकार र दातृ निकायसँग छलफल जारी रहेको ज्ञवालीले बताए। 

ज्ञवालीले पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्ने बताए।  पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायले ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता जनाएका थिए। त्यसमध्ये ६७ अर्ब रुपैयाँ उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइसकेको छ। बाँकी ३ खर्ब ४३ अर्ब मध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ