arrow

वेष्टह्यामको हारको यात्रा रोकियो, पछार्यो एभर्टनलाई 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
epl-football.jpg

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडको लगातारको चार हारको दुःखद क्षणको यात्रा रोकिएको छ । 

पाँचौं खेलमा ठूलै शिकार गर्ने क्रममा वेष्टह्यामले एभर्टनलाई ३–१ ले हरायो । वेष्टह्यामले पाँचौं खेलमा आएर लय समात्ने क्रममा युक्रेनका खेलाडी यार्मोलेङ्कोले दुई गोल गर्दा मार्को अर्नाउटोभिचले एक गोल थपे ।

पराजित टोली एभर्टनका लागि जिल्फी सिगुर्डसनले एक गोल फर्काए । 

प्रिमियर लिग फुटबलकै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नलेलाई १–० ले हराएको छ । राउल जिमिनेजले निर्णायक गोल गरे ।

लिगमा अहिलेसम्म सत्प्रतिशत खेल्ने चेल्सी र लिभरपुल हुन् भने म्यान्चेस्टर सिटी १३ अंकबाट तेस्रो स्थानमा रहँदै अपराजित रहने तेस्रो टिम बनेको छ । 

 

Wolves' Willy Boly goes for goal during the first half but he was unable to break the deadlock against Burnley

Conor Coady leads the celebrations after Jimenez's goal put Wolves in the ascendancy against BurnleyJimenez demonstrated his composure in front of goal as his effort inflicted further misery upon a struggling Burnley side



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ