- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पोर्चुगिच फुटबल कप्तान क्रिष्टियानो रोनाल्डोले इटालियन क्लव युभेन्टससंगको व्यवसायिक फुटबलका क्रममा पहिलो गोल गरेका छन् ।
चार खेलमा रोनाल्डोले पहिलो गोल गरेका हुन् । तीन खेलसम्म गोल गर्ने दर्जनौं अवसर खेर फालेका रोनाल्डोले चौथो खेलमा आइतबार राति सासाउडो विरुद्धको खेलमा गोल गरेका हुन् ।
घरेलु मैदानमा खेलेको युभेन्टसले सासाउडोलाई २–१ ले हरायो । खेलका दुवै गोल नै रोनाल्डोले गरे ।
गोलको डेडलक तोडिएपछि अब गोल मेसिन रोनाल्डोले लगातार गोल गर्ने विश्वास लिइएको छ ।
३३ वर्षीय रोनाल्डोले युभेन्टसमा नजमेसम्म देशका लागि पनि नखेल्ने भन्दै यृुरोपियन लिगमा पोर्चुगलबाट खेलेका छैनन् ।
डोगलस कोस्टाले रातो कार्ड खाएपछि भने युभेन्टस समस्यामा परेको छ ।
युभेन्टस ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । एकमात्र अपराजित टिम युभेन्टस नै हो ।