arrow

नेपाललाई हराएर एसिया कप खेलेको हङकङको विजोग

logo
प्रकाशित २०७५ असोज १ सोमबार
asia-cup-cricket.jpg

काठमाडौं । नेपाललाई हराए एसिया कप क्रिकेटमा पुगेको हङकङको विजोग भएको छ । युएईमा जारी खेलमा हङकङले पहिलो खेलमा पाकिस्तानसंग ८ विकेटको लज्जास्पद हार बेहोरेको छ । 

दुबाईमा आइतबार राति सम्पन्न खेलमा हङकङले पहिले ब्याटिङ गर्दै ३७.१ ओभर क्रिकेजमा अड्केर ११६ रनको योगफल मात्र जोड्न सक्यो । 

आइजाज खानले सबैभन्दा धेरै २७ रन बनाए भने ३ खेलाडी त रनको खाता समेत खोल्न सकेनन् । 

म्यान अफ दि म्याच उस्मान खानले एकै ओभरमा ३ विकेट लिए । 

११७ रनको सामान्य चुनौती पाकिस्तानले २३.४ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो । 

ओपनिङ ब्याट्सम्यमान इमाम उल हकले नटआउट ५० रन जोडे । यो खेलले भने हङकङलाई गतिलै बाठ सिकाएको हुनुपर्छ । 

पाकिस्तान र भारतजस्ता बलिया टोलीको समूहमा परेको हङकङ ११६ रनसम्म टिक्न सक्नु नै ठूलो कुरा मानिएको छ । अब हङकङको भिडन्त भारतसंग हुँदैछ । 

मलेसियामा भएको छनोटमा नेपाल उपाधि जितेर एसिया कपमा छनोट हुने लक्ष्य राखेको भए पनि चौथोमा थन्कियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ