arrow

‘ए’ डिभिजन लिग : मच्छिन्द्र क्लबबाट सन्यास लिएका तामाङ एपीएफको प्रशिक्षक

logo
प्रकाशित २०७५ असोज १ सोमबार
tamang2.JPG

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ ।

उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङले यसअघि थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।  

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्न्यास लिएका थिए । खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिइरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ