arrow

भृकुटीमण्डपबाट नेविसंघको प्रश्न : सरकार ! बलात्कारी र हत्यारालाई संरक्षण किन? 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
nsu-protest1.jpg

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाही माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ। सोमबार दिउँसो १ बजे निर्मलालाई न्यायको निम्ति भन्दै विरोध प्रदर्शन गरेको हो। जुलुस विश्व भाषा क्याम्पस ,प्रदर्शनीमार्गबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सड्कसम्म बिरोध जुलुस निस्किएको थियो।

संघको केन्द्रीय समितिको आयोजना र नेबि सघ अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागिहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए। निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ