प्राइमलाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच बैंकसोरेन्स सम्झौता
प्रकाशित २०७५ असोज १ सोमबार
683
Shares
काठमाडौं। प्राइमलाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच बैंकसोरेन्स सम्बन्धी सम्झौता भएको छ। सो सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेको कम्पनीबाट जारी विज्ञप्तीमा उल्लेख छ।
उक्त सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन्।
हाल प्राइमलाइफ इन्स्योरेन्सको चुक्ता पूंजी १ अर्व ७८ करोड, जीवन बीमाकोष ६ अर्व ५३ करोड र कुल प्रिमियम २ अर्व १९ करोड तथा देशभर १३५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ।