arrow

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, के मा कति ? निगम भने घाटामै 

मूल्य बढाईरहँदा पनि घाटामा मात्र रहेको बताउनु भने आश्चर्य

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितलेको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । 

भाउ बढेसंगै पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

हवाईइन्धन र एलपी ग्यासको मूल्य भने निगमले बढाएको छैन । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसन आइओसीबाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको आयल निगमले जनाएको छ । 

निगमले निरन्तर भाउ बढाउँदा पनि निगम जहिले पनि घाटामा मात्र रहेको बताउनुलाई भने आश्चर्यकै रुपमा लिन थालिएको छ । 

नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमै ३१ करोड ३७ लाख रुपैयाँ घाटा हुने देखिएको निगम बताउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ