arrow

यातायात व्यवसायीको अड्को, ‘पेट्रोल’मा बढाएको भाउ फिर्ता नलिए दशैँको  अग्रिम टिकट दिन्नौँ 

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
ticket1.jpg

काठमाडौं । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विषयलाई लिएर दशैँको अग्रिम टिकट बुकिङमा अड्को थापेका छन् । 

नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बढाएको थियो । व्यवसायीले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति नै निकालेर यस्तो चेतावनी दिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक र व्यवसायीबीच भदौ ३१ गते आउने ५ असोजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खोल्ने सहमति भएको थियो ।महासंघले सरकारले मूल्यवृद्धि गरेको निर्णय २४ घन्टा भित्र फिर्ता नलिए अग्रिम टिकट बुकिङ नगर्ने प्रष्ट्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ