arrow

विद्युत्‌गृहको कुलो बगाउँदा दुई सय घर अन्धकारमा

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
bhojpur_district_map.png

भोजपुर ।पहिरोले विद्युत्‌गृहको कुलो बगाउँदा दुई सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो ।

गत भदौं २९ गतेको अविरल वर्षाका कारण आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको स्थानीयवासीको भनाइ छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 पहिरोमा कुनै पनि मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ