arrow

नेयमार बेपत्ता, एम्बाप्पे देखिए, च्याम्पियन्स लिगमा पछारियो पिएसजी

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
liverpool8.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पेरिस सेन्ट जर्मेन पिएसजीलाई ३–२ ले पराजित गरेको छ । खेलको अधिकांश समय पछि परेको पिएसजीका लागि विश्वकप विजेता फ्रेन्च टोलीका नायक किलियन एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी गोल गरेपनि ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा लिभरपुललाई विजयी गोल दिलाए।   

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुआती दुई गोल गर्यो। खेलको ३० औं मिनेटमा लिभरपुलका फरवार्ड ड्यानिएल स्टरेजले हेड मार्फत गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए। 

खेलको ३६ औं मिनेटमा पेनाल्टीबाट पाएक अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई दोस्रो गोल दिलाए। खेलको ४० औं मिनेटमा बक्सबाट उत्कृष्ट गोल गर्दै थोमस म्युनररले पिएसजीलाई पहिलो हाफमै खेलमा फर्काए।

दोस्रो हाफमा लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेपनि उनको गोललाई रेफ्रीले अस्विकार गरे। पिएसजीको बक्समा बल जित्ने क्रममा स्टुरेजले गोलकिपर अल्फोन्से अरिओलालाई फाउल गरेकाले उक्त गोललाई मान्यता दिईएन। 

दोस्रो हाफमा फितलो प्रदर्शन गरेपनि पिएसजीलाई एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी दिलाए। खेलको ८६ औं मिनेटमा लिभरपुलले करिब २२ यार्डबाट फ्रिकिक मार्फत गोल गरे अवसर पाएपनि एलेक्सजान्डर आर्नोल्डको प्रहार बारमा लागेर बाहिरियो।

फर्मिनोले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई जित दिलाए। पिएजीको हारमा ब्राजिलियन स्टार नेयमार पनि दोषी रहे । उनी खेलमा बेपत्ता जस्तै देखिए । 

Firmino fired a sensational effort low into the bottom corner to gift Liverpool all three points after a thrilling clash

Liverpool manager Jurgen Klopp celebrates with his match winner on the pitch once the full-time whistle had sounded

The striker, starting instead of Firmino, wheels away after scoring on his first Champions League start for the Reds

Soon after, Liverpool had doubled their lead from the penalty spot following a reckless foul on Georginio Wijnaldum

Liverpool's two-goal lead did not last long though as PSG defender Thomas Meunier produced a smart finish to pull one back

Kylian Mbappe scored in the 82nd minute as PSG thought they had earned a point before Firmino struck the decisive blow 

French starlet Mbappe tries to launch an attack as he glides past the challenges of Sadio Mane and Jordan Henderson

Mohamed Salah and Neymar tussle for the ball in the early stages of the Champions League group match at Anfield

The Kop watches on as they welcome Champions League football back to the stadium for the first time this campaign

PSG's resistance to Liverpool's attacking threat broke after half an hour as Silva reacts to his side conceding the first goal

 

Milner continued to perform his penalty-taking duties with confidence and slammed the ball past a helpless AreolaThey eventually managed to find one when the French team pounced on a loose pass from Salah before going on to score

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ