arrow

एसिया कप क्रिकेटमा भारतको संघर्षपूर्ण जित, हङकङ हार्दा पनि चर्चामा 

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
shikhar.jpg

काठमाडौं । एसिया कप क्रिकेटमा कमजोर हङकङसंग समेत भारतले निकै संघर्षपूर्ण जित निकालेको छ । हङकङका ओपनर खेलाडीहरु निजाकत खान र अंशुमन राथले कीर्तिमानी १७४ रनको साझेदारी गरेपछि भारत निकै तनावमा थियो । तर अन्तिमतिर लयमय बलिङ भएपछि भारतले २६ रनको जित पायो । 

२८६ रनको चुनौती पछ्याएको हङकङले ८ विकेटको नोक्सानीमा २५९ रन बनायो । खानले ९२ तथा राथले ७३ रन बनाए । डेब्यु खेलाडी खलिल अहमदले ३ विकेट लिए । त्यस्तै युजभेन्द्र चाहालले पनि ३ विकेट झारे । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको १४ औं सतकको मद्धतले ७ विकेटको नोक्सानीमा २८५ रन बनाएको थियो । धवनले १२७ रन बनाए । 

जितपछि भारत सेमिफाइनलमा पुगेको छ । हङकङ बाहिरिएको छ । यो समूहबाट पाकिस्तान र भारत आपसमा भिड्नु अगाडि सेमिफाइनलमा पुगेका छन् । 

अर्को समूहबाट बंगलादेश र अफगानिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ