arrow

बीएमडब्ल्यू, डायम्लर र भक्सवागनमाथि युरोपमा अनुसन्धान शुरु

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
volkswagen-cars.jpg

बर्लिन। जर्मन कार निर्माता कम्पनीहरु बीएमडब्ल्यू, डायम्लर र भक्सवागन कम्पनीमाथि युरोपमा सोधपुछ सुरु भएको छ। उक्त कम्पनीहरुका कारहरुमा यसअघि उत्सर्जनको समस्या देखिएको कारण उनीहरुमाथि सोधपुछ गर्ने तयारी कम्पनीले गरेको हो।

युरोपियनत कमिसनले मंगलबार यसअघि भएको सम्झौता अनुसार सीमाभित्र रहेर आफ्नो उत्पादन बजारमा ल्याएका छन् वा छैनन् भन्ने विषयमा ती कार कम्पनीमाथि अनुसन्धान गरिन लागेको जानकारी दिएको हो। आगामी दिनमा युरोपमा हानिकारक उत्सर्जन कम गर्ने योजनाका साथमा यो अनुसन्धानको योजना ल्याइएको कमिसनले बताएको छ। यदि उनीहरुको कारमा खराबी रहेको पुष्टि भएमा उक्त कारहरुको कारोबारमा रोक लगाउने तयारीमा कमिसन अघि बढेको छ। 

BMW cars

अहिले सोधपुछ सुरु गरिएका कम्पनीहरुमा सन् २०१७ मा छापा मारिएको थियो। कमिसनले आफ्नो सुरुवाती सोधपुछको लागि भन्दै उक्त कम्पनीहरुमा छापा मारेको थियो। उनीहरुमाथि युरोपको नियम पालना नगरेको आरोपमा मुद्दा चलिरहेको छ। ती कम्पनीले बजारमा पेट्रोल तथा डिजेलको कारमा प्रतिस्पर्धाको नियमको पालना नगरेको बताइएको छ।

कमिसनले अहिले कम्पनी पाइएका विवरणहरुको विषयमा अध्ययन गरिरहेको बताएको छ। जसमा भक्सवागनका औदी र पोस्क कम्पनीहरु रहेका छन्। उत्सर्जनको प्रविधिको लागि उक्त कम्पनीहरु वार्तामा बस्न राजी भएको बताइएको हो।

अहिलेको अनुसन्धानमा कारहरुको उत्सर्जन कम गर्ने प्रणाली तथा उत्सर्जन कम गर्नका लागि फिल्टर गर्ने प्रणालीको विषयमा छलफल हुने बताइएको छ। कमिसनले लामो समयदेखि गरेको अनुसन्धानको क्रममा केही सहकार्यको विषयमा पनि केही शंकाहरु पाइएको थियो। अनुसन्धानमा कम्पनीहरुले केही प्राविधिक डिभाइसहरुको परिवर्तन तथा हेराफेरी पनि गरेको हुनसक्ने बताइएको छ।

तीनवटै कम्पनीहरुले कमिसनको अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने र सहकार्य गर्नका लागि तयार रहेको बताएका छन्। यद्यपि उनीहरुले यस विषयमा थप जानकारी भने केही दिएका छैनन्। बीएमडब्ल्यूले भने अहिलेसम्म ईयूका सबै नियमहरुमा प्रतिबद्ध रहँदै आएकमो बताएको छ।

Mercedes Benz cars

सन् २०१५ मा भक्सवागन कम्पनीका उत्पादनहरुमा समस्या देखिएसँगै विश्वव्यापीरुपमा कारहरुको उत्सर्जनको विषयमा चासो बढ्दै गएको छ। वातावरणको मामिलामा अझ युरोप संवेदनशील भएर अघि बढेको कारण पनि युरोपमा काम गरिरहेका उक्त कम्पनीहरु अनुसन्धानको दायरामा परेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ