arrow

सम्झौता विना बेलायत ईयूबाट बाहिरिए होण्डलाई लाखौं पाउण्डको नोक्सानी

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
honda-england.jpg

लण्डन। होण्डा कम्पनीको युरोप शाखाका उपाध्यक्षले कुनै पनि सम्झौता विना बेलायत ईयूबाट बाहिरिएको खण्डमा कम्पनीलाई लाखौं पाउण्ड बराबरको नोक्सानी हुने बताएका छन्। होण्डाको युरोप शाखाका वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले कुनै पनि सम्झौता विना बेलायत ईयूबाट बाहिरिएको खण्डमा कम्पनी युरोपको प्रतिस्पर्धाको बजार प्रभावित हुने बताएका हुन्। 

जापानी कार निर्माता कम्पनी अहिले आफ्नो स्विन्डोन प्लान्टलाई अन्यत्र सार्ने विषयमा पनि कुनै निर्णय नगरेको बताएको छ। विश्वव्यापीरुपमा आफ्नो व्यापारमा सुधारको लागि कम्पनीले आफ्नो सिभिक मोडल बजारमा ल्याउने तयारी गरेको छ। अहिलेको गतिमा ब्रेजिक्ट सम्झौता अघि बढेको खण्डमा अबको केही समयमा नै युरोपमा व्यापारको लागि कम्पनीले थप १० प्रतिशत करको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए। त्यसका साथै कम्पनीले आफ्नो व्यापारमा पनि समस्या आउनसक्ने बताएको छ।

कम्पनीको धेरैजसो युरोपको व्यापारको हिस्सा बेलायतमा रहेको कारण आगामी दिनमा समस्या आउनसक्नेमा कम्पनी सशंकित देखिएको हो। बेलायतमा रहेको स्विन्डोन प्लान्टमा कम्पनीको सबैजसो उत्पादनहरु रहेको कारण पनि यो विना कुनै सम्झौता बेलायत ईयूबाट बाहिरिएको खण्डमा यो होण्डाको लागि हानिकारक हुनसक्ने देखिएको हो।

बेलायतको अहिलेको योजना अनुसारको सम्झौता भएको खण्डमा आगामी दिनमा मुलुकको कार उद्योग नै समस्यामा पर्ने भन्दै विभिन्न कार निर्माता कम्पनीहरुले चेतावनी दिँदै आएका छन्। बेलायतका स्थानीय कार निर्माताहरु निसान, जगुअरजस्ता कम्पनीहरुले भने यो बेलायतको लागि नराम्रो समाचार रहेको बताएका छन्। 

ईयूका ग्राहकहरुले १५ अर्ब युरोबराबरको बेलायतमा बनेका कारहरु किन्ने गरेका छन्। जुन बेलायतको समग्र कार निर्यातको ५३ प्रतिशतको हिस्सा हो। ब्रेजिक्टको विषयमा विभिन्न किसिमको आशंकाहरु देखिएको अवस्थामा पनि बीएमडब्ल्यू, निसान र टोयटाजस्ता कम्पनीहरु आफ्नो बेलायतको उत्पादन विस्तारको दिशामा अघि बढिरहेका छन्।

यद्यपि होण्डाले आफ्नो स्विन्डोन प्लान्टमा निर्माण गरिएको कारहरु सबै युरोपको बजारमा मात्र नजाने उनीहरुको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ