arrow

विजेता खेलाडीलाई रामपुर नगरपालिकाद्धारा सम्मान

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज ३ बुधबार
player.jpg

पाल्पा ।  बिभिन्न स्थानमा भएका खेलमा बिजयी हुने नगरपालिका भित्रका खेलाडीलाई रामपुर नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

काठमाडौंमा भएको छैठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत आई टि एफ तेक्वान्दो बिधामा उत्कृष्ठ खेल प्रदर्शन गरि पदक जित्न सफल स्वर्ण पदक बिजेता रामपुर ५ का दान बहादुर सारु, रजत पदक बिजेताहरु विकास मल्ल र अमृत थापा स्वर्ण र रजत पदक जिताउन उत्कृष्ठ प्रशिक्षण गर्नुभएका तेक्वान्दो प्रशिक्षक विपिन सुनामलाई प्रशंसा पत्रले सम्मान गरिएको हो ।

त्यस्तै श्रीनगर क्लबको आयोजनामा भएको स्थानीय तह स्तरीय महिला भलिवल खेलमा प्रथम स्थान हासिल गर्ने रामपुर नगरपालिकाका खेलाडीलाई सम्मान गरिएको हो ।

नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले खेलाडीलाई अविर, खादा र सम्मान पत्रले सम्मान गर्दै खेलको माध्यमबाट व्यक्तित्व विकास सँगै नगरको पहिचान कायम गर्न सक्ने खेलाडीलाई नगरपालिकाले उच्च मुल्याङ्कन गरेको बताए  ।

खेल जगतमा खेलाडीको उच्च स्थानको शुभकामना दिदै नगर प्रमुख थापाले खेलको विकासमा नगरपालिकाले योजना बनाएको बताए ।

 नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले युवाले दिएको सन्देश र विकासमा सबै लाग्न खेलले प्रेरित गरेको बताए ।

यसैबिच रामपुर नगर खेलकुद विकास समितिले महिला भलिवल खेलका लागि खेलाडी चयनमा नगरपालिकाले  गरेको समन्वय र खेलाडी सम्मानप्रति खुसी व्यक्त गर्दै समितिका सचिव दुर्गेश मल्लले नगरपालिकालाई धन्यवाद तथा आभार पत्र प्रदान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ