arrow

रोनाल्डोलाई रातो कार्ड !

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
ronaldo25.jpg

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको इटालियन क्लव इभेन्टसको यात्रा असहज हुने देखिएको छ । लिगको चौथो खेलमा पहिलो गोल गरेका रोनाल्डोले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा रातो कार्ड नै खाइदिए । युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गरेको खेलमा रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो । सामी खेडिराले ६ यार्ड बक्सबाट बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको २९ अौं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएपछि रेफ्रिले अतिरिक्त रेफ्रिको सल्लाह अनुसार रातो कार्ड दिएका थिए ।

रोनाल्डोको प्रस्थानपछि केहि दवाव परेपनि युभेन्टसले रक्षात्मक रुपमा भने खेल बलियो बनाइरहेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सिया कप्तान ड्यानी परेहोको गल्तीमा युभेन्टसले पेनाल्टी पायो । डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिए । मिरालेम प्यानिचले त्यसमा सहजै गोल गरे ।

दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि कुनै गल्ती नगरी टोलीलाई २–० को अग्रता दिलाए । यता भ्यालेन्सियाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी भने कप्तान परेहोले गोल गर्न सकेनन् । 

रातो कार्ड पाएका रोनाल्डो अर्को खेलमा पनि उपलब्ध हुने छैनन् । यद्यपि क्लबले यूईएफए समक्ष अपिल गर्ने सम्भावना कायमै रहेको छ । 

उनका प्रतिद्धन्द्धी खेलाडी लियोनल मेस्सीले लिगमा ह्याट्रिक गरेको २४ घण्टा बित्न नपाउँदै रोनाल्डोले रातो कार्ड खाँदा भने उनको यो वर्षको करियरमा थप उतारचढाव आएको बुझ्न थालिएको छ । 

The Portuguese became entangled with Jeison Murillo on the edge of the Valencia penalty box as the visitors attacked

As Murillo tumbled to the floor, Ronaldo then appeared to grab the Valencia man by the hair to get him back to his feet

Reacting to this, Murillo then rose quickly to his feet and confronted Ronaldo before a fracas broke out in the box

Felix Brych, refereeing the match, was quick to pull out his red card and dismiss Ronaldo from the field after the incident

Ronaldo collapsed to the floor in despair after the red card was brandished at the Mestalla, throwing his arms in the air

Ronaldo and his team-mates remonstrated with the referee following the decision, which courted controversy

The Juventus superstar wept as he left the field at Mestalla Stadium following his dismissal as his manager watched on

The striker had never before been dismissed in the Champions League, and was comforted by Valencia boss Marcelino

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ