arrow

भारत–पाकिस्तान क्रिकेट, किन सस्तैमा ढल्यो पाकिस्तान ? 

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
india-pakistan1.jpg

काठमाडौं । भारत र पाकिस्तान बीचको जुनसुकै क्रिकेटलाई फाइनल सरह हेरिन्छ । दुई देशबीचको ठूलो प्रतिस्पर्धाका रुपमा लिइन्छ । जितहारले विश्व हल्लाइदिन्छ । तर खेलमा टक्कर भएन भने हार्ने टिम मरेतुल्य हुन्छ । 

यसपटक यो अवस्था पाकिस्तानलाई आएको छ । भारतले युएईंमा जारी एसिया कपको समूहको खन्तिम खेलमा सहज जित निकालेको छ । भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सुपर लिगमा स्थान पक्का गरेको छ ।

पाकिस्तानले दिएको १ सय ६३ रनको मध्यम लक्ष्य भारतले २९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मजबुत शुरुवात गरेको भारतका लागि ओपनर रोहित शर्माले ५२ रन बनाए । शिखर धवनले ४६ रन बनाए । पहिलो विकेटका लागि रोहित र धवनले ८६ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।

पाकिस्तानका फहिम अस्राफ र सादव खानले समान १ विकेट लिए । यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४३.१ ओभरमा १ सय ६२ रनमा अलआउट भयो । 

खराव शुरुवात गरेको पाकिस्तानका लागि बाबर अजामले ४७ रन तथा शोएव मल्लिकले ४३ रन जोडेपनि अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । 

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । भारतका भुवनेश्वर कुमार र केदार जादभले समान ३ विकेट लिए । जसप्रित बुमराहले २ तथा कुलदीप यादवले एक विकेट लिए ।

दुई जितसँगै भारत ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । १ जित र १ हार बेहोरेको पाकिस्तना समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित भएको थियो । 

पाकिस्तानले गरेको फितलो प्रदर्शन प्रति प्रश्न खडा भएको छ । हङकङसंग गतिलो प्रदर्शन गर्न नसकेपछि भारत आलोचित हुँदै आएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ