- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुई इंगलिश क्लवहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले मिश्रित परिणाम निकालेका छन् ।
म्यान्चेस्टर सिटी लियोँसंग २–१ ले पराजित भएको छ भने म्यान्चेस्टर युनाइटेडले योंग ब्वाइजलाई ३–० ले हराएको छ ।
समूह एफ मा रहेको सिटी घरेलु मैदानमा लियोंसंग पराजित भएको हो ।
लियोंले २६ औं मिनेटमा म्याक्सवेल कोर्नेटको गोलबाट प्रारम्भिक अग्रता लियो । ४३ औं मिनेटमा नाबिल फेकिरको गोलबाट अग्रतालाई दोब्बर गर्यो ।
६७ औं मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट अन्तर क मगर्न खोज्यो । तर अर्को गोल गर्न नसक्दा रोकियो ।
यो समूहको अर्को खेलमा सक्तर दोनेस्कले हफेनहेमसंग २–२ को बराबरी खेल्यो ।
यता समूह एचको खेलमा म्यान्चेस्टर युनाइटेडले योंग ब्वाइजलाई ३–० ले हराएर जोजे मौरिन्होको जागिर बचाउन खोज्यो ।
युनाइटेडका लागि पल पोग्बाले २ तथा एन्थोनी मार्सियलले १ गोल गरे ।
यो समूहको अर्को खेलमा युभेन्टसले भ्यालेन्सियालाई २–० ले हरायो ।