arrow

बाँके काँग्रेसमा कोइराला र सल्यानमा चन्द बिजयी; दुबै संस्थापनका

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
13th-congress.png.png.png
बाँके। नेपाली कांग्रेसको बाँके जिल्ला कार्यसमितिको अध्यक्षमा किरण कोइराला विजयी भएकी छन्। उनले ३५७ मत ल्याइन भने उनका निकटतम प्रतिद्धन्दी निरन्जनसिंह सिजापतिले जम्मा २१७ मत ल्याए। यस्तै सचिवमा तप्त पौडेल, कोषाध्यक्ष निजामुद्दीम सिद्धीकी विजयी भएका छन्।
 
पहिलो चरणमा कोइराला, सिजापतिसहित नारायण गौडेल र लक्ष्मी नारायण साह अध्यक्षको प्रत्यासी थिए। चार जना मध्ये बढी मत ल्याउने कोइराला र सिजापतीबीच दोस्रो चरणमा प्रतिष्पर्धा भएको हो। दुबै संस्थापन पक्षका भएपनि सिंजापतीलाई बरिष्ठ नेता देउवा र अर्का नेता खुम बहादुर खड्का पक्षधरले आफ्नो पक्षमा ल्याउने प्रयास अन्तर्गत विभिन्न चरणमा कुरा गरेका थिए। तर कोइरालाले बाजी मारेकी छन्। कोइराला कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाकी भाइ बुहारी हुन्।  
 
सल्यानमा चन्द विजयी
सल्यानबाट आशिष के.सी लेख्छन सल्यान काँग्रेसमा संस्थापन पक्षका गणेश चन्द पुनः सभापतिमा विजयी भएका छन्। केश बहादुर बिष्ट लाइ २० मतले पछि पार्दे चन्द पुनः सभापतिमा विजयी भएका हुन्। पहिलो मतदानबाट कसैको स्पष्ट मत नआएपछि, दोस्रो चरणको निर्वाचन भएको थियो। कुल ३ सय ९८ मतदाता रहेको सल्यानमा ३ सय ९६ मत खसेकोमा सभापतिका लागि संस्थापन पक्षका १ र देउवा पक्षका १ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। गणेश चन्दको पक्षमा २०७ र केश बहादुर बिष्टको पक्षमा १८९ मत खसेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ