arrow

सवारी ऐन मजदुरमैत्री नभएको भन्दै चालक आन्दोलित, भन्छन् - पेशा परिवर्तन गछौं

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज ४ बिहिबार
yatayat4.jpg

पाल्पा ।मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै जिल्लाका  सवारी चालकहरुले  आह्वान गरेको अनिश्चितकालीन आन्दोलनले जनजीवन प्रभावित भएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले बुधबार सवारी साधनहरु सञ्चालन नगरेपछि जिल्लाको जनजीवन प्रभावित बनेको हो ।  जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका रातो प्लेटका यातायातका सवारी साधन सञ्चालन हुन सकेनन् ।  पाल्पाको तानसेन दिनभर सुनसान रह्यो सवारी साधन नचलेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू मर्कामा परेका छन् ।

आफ्ना मागहरु पुरा गराउन भन्दै मंगलबार जिल्लाका दुई सय चालकहरुले  प्रमुख जिल्ला अधिकारी समक्ष लाईसेन्सहरु बुझाएका हुन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक शर्माप्रसाद श्रेष्ठले गाडी चलाएर जीवीको पार्जन गर्दै आएका मजदुर चालकहरुको रोजिरोटी नै खोस्ने गरी सरकारले ल्याएको ऐनका विरुद्व गाडीहरु सञ्चालन गर्न नसकिएको बताए ।

उनले भने ‘सरकारले यातायात व्यवस्थाको लागि ल्याएको ऐनमा  सजाय पुनरावलोकन गर्नु पर्दछ ।’ सरकारले सवारी ऐन संशोधन नगरेसम्म आफुहरुले  गाडी सञ्चालन नगर्ने  श्रेष्ठले बताए ।  ‘सरकारले सवारी ऐनमार्फत चालकलाई अपराधी सरह व्यवहार प्रस्तुत गरेको छ,’ पाल्पा काठमाडौ बस चलाउँदै आएका चालक शिव शेरचनले भने, ‘हामीले जानेर कहिल्यै  मान्छे मार्दैनौं । ’

दुर्घटनामा दोषी देखिएका चालकलाई कारवाही हुनुपर्नेमा गल्ती नै नगर्ने चालकलाई सजायको भागिदार बनाउन कानुन ल्याउनु गलत भएको चालक शेरचनको भनाई छ । सरकारले गरिखादै आएको पेशामा पनि अंकुश लगाउन थाल्यो अब हामी पेशा परिवर्तन गर्ने मनासाय बनाएको र्छौं चालक शेरचनको भनाई  छ ।

 अर्को चालक यमलाल श्रेष्ठले भने सवारी चलाउने क्रममा लापरवाही देखिएका चालकलाई घटनाको अनुसन्धान गरेर कारवाही गर्नुपर्ने बताए । दूर्घटनामा समिति र साहूले जिम्मेवारी नलिएपछि आफूहरूले पेशा नै परिवर्तन गर्ने चलाकहरुको भनाई छ ।  सडकमा अट्न नसकेको बढदो सवारी चापलाई नियन्त्रण गर्ने काम सरकारको भए पनि त्यस तर्फ सरकारको ध्यान जान नसकेको चालकहरुले आरोप लगाए ।

  उनीहरुले  आफ्नो कमजोरी सरकारले हेर्दै नहेर्ने र चालकलाई मात्र दोषी देखाउने, सरकारको गलत कदमलाई अब हामी चालकले सहदैनौ ज्यान मार्ने अपराधी र सवारी दुर्घटनामा मर्ने व्यक्तिको घटनालाई एउटै मान्न नमिल्ने उनीहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ