- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रामपुर, पाल्पा । शंखेकिराले बिगविगी मञ्चाउन थालेपछि रामपुर नगरपालिका वडा नम्बर ६ ले शंखेकिरा खरिद गर्न थालेको छ । किसानले लगाएका तरकारी तथा फलफुल जन्य उत्पादन शंखेकिराले निमास पार्न थालेपछि यसको रोकथामको लागि वडा कार्यालयले किसानबाट २५ रुपँया प्रतिकिलो शंखेकिरा खरिद गर्न लागेको हो ।
नगरको यो वडामा शंखेकिरा मास्न समस्या भयो–वडाध्यक्ष हुमनाथ न्यौपानेले भने–‘‘स्वर्तर्फुत शंखेकिरा टिपेर दिनेलाई प्रोत्साहन र किराको निराकरण गर्न यो अभियान थालेका हौ’’ । आफ्ना खेतबारी छेउका शंखेकिरा मार्न उहाँहरु पनि उत्तिकै चिन्तित हुनुहुन्छ न्यौपानेले थपे–त्यसैले यो उपाँय निकालेका हौ ।
यस वडामा बिगत २ बर्षदेखि शंखेकिरा छ्यापछ्याप्ती निस्किएको छ । किसानको गुनासो आएपछि नियन्त्रणको कार्यक्रम गतबर्षदेखि नै ल्याएको न्यौपानेले बताए । गतबर्ष वडा कार्यालयले शंखेकिरा फैलिएपछि किसानलाई पायक पर्ने टोलमा नुन बितरण गरेको थियो । कृषि प्राविधिकका अनुसार यो किरा मार्न नुनको प्रयोग गर्न सकिने सल्लाहमा वडाले नै किसानलाई पायक पर्ने पसलबाट नुन बितरण गरेका हौ वडाध्यक्ष न्यौपानेले भने ।
तर वडामा अझै पनि शंखेकिरा निर्मुल हुन नसकेपछि वडाले एकातर्फ किरा विस्थापन गर्ने र अर्को तिर किसानलाई आयआर्जन हुने गरि प्रतिकिलो २५ रुपँयामा शंखेकिरा लिने निर्णय गरेको हो । आर्थिक रुपमा समृद्ध वडालाई प्राथमिकता दिदै वडाले किसानलाई आम्दानी पनि हुने गरि योजना ल्याएको जनाएको छ । जो कोही वडाबासीले शंखेकिरा बट्याएर वडाले तोकेको केन्द्रमा बुझाउछ त्यसको परिमाणको आधारमा रकम दिने व्यवस्था वडाले गरेको छ ।
बिजयपुर, प्याक्लुक, तालपोखरा, तिलकपुर डल्लेचौतारी क्षेत्रलाई पायक पर्ने गरि वडाका बिभिन्न ४ स्थानमा सङ्कलन केन्द्र तोकेको छ । तोकिएका केन्द्रमा शंखेकिरा बुझाएर प्रतिकिलो २५ रुपँया उनीहरुले पाउने गर्छन् । अहिले केन्द्रमा शंखेकिरा जोख्न भ्याइनभ्याई छ । हालसम्म २ कुइन्टल बढी शंखेकिरा सङ्कलन भइसकेको वडा सचिब बासुदेब ढकालले बताए ।
किसानले शंखेकिरा नियन्त्रणका लागि गतबर्ष नुन राखेर खाल्डोमा पुर्ने, प्लाष्टिकमा जम्मा गरि सडकमा गाडीको प्राङ्ग्राले कुचाएर नियन्त्रणको प्रयास पनि गरेका थिए । त्यसपछि वडा कार्यालयले किसानलाई नुन बितरण गरेको थियो । शंखेकिरा मारेर जथाभावी दुर्गन्धले अर्को जोखिम निम्त्याउन सक्ने भन्दै नुन हालेर खाल्डोमा बिस्थापित गरेको थियो । यसको संक्रमण कम हुनुको साटो नगरका अन्य वडामा पनि फैलिएको छ ।
स्थानीय तहमा वडा नम्बर ६ ले मात्र सामुहिक नियन्त्रणको प्रयास थालेको हो । बिषादीको प्रयोग गर्दा थप समस्या हुने भएकाले यसको रोकथामको लागि शंखेकिरा र यसको लार्भा नष्ट गर्न नुन नै हालेर पुर्नुपर्ने कृषि सेवा शाखा प्रमुख रामहरि पाण्डेले बताए । किसानले लगाएका तरकारी नसप्रदै किराले काटेको छ पाण्डेले भने–यसको न्युनिकरणको उत्तम उपाय नुनको प्रयोग गरि खाल्डोमा बिस्थापन बिधि नै हो ।
ओसिलो जमिनमा बढी फैलने शंखेकिराको नियन्त्रणको लागि वडाको यो काम उदारणीय भएको कौवाकी किसान सीता देवकोटाले बताए । गतबर्ष देवकोटाले ५ रोपनी क्षेत्रफलमा लगाएको काक्रा, लौका, करेलाको बोटको पात खाइदिने डाढ काट्ने र बोट नै खाइदिएर सताएपछि उनको लगानी पनि उठेको थिएन ।
यस्तै अर्का किसान बिष्णु गैरेले आम्दानी होला भनेर गरेको तरकारी शंखेकिराले सखाप पारी उत्पादन लिन नसकेपछि आफुहरु चिन्तित भएको बताए । वडाको यो अभियानले उनिहरु जस्तै वडाका धेरै किसानलाई राहत मिलेको छ । अब किसान आफ्ना खेतबारी वा बाटो घाटोका शंखेकिरा संङ्कलन गरि आम्दानी नै गर्न सक्ने गरि कार्यक्रम ल्याएपछि यसको न्युनिकरण हुनेमा आशाबादी छन् ।