arrow

घुस लिएको अभियोगमा शिसइ प्रमुख र शाखा अधिकृत पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज ४ बिहिबार
Akhiyar_.jpg

वीरगन्ज। एक लाख रुपैया घुस लिएको अभियोगमा अख्तियारको टोलीले बिहिबार वीरगन्जबाट शिक्षा समन्वय इकाईका प्रमुख र शाखा अधिकृत पक्राउ गरेको छ ।

 विद्यलायको लाइसेन्श  दिन घुँस लिएको अभियोगमा  वीरगन्ज महानगरपालिकाका शिक्षा समन्वय इकाईका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत सशीभुषण साहलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुर हेटौडाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

फुर्कान इन्टरनेश्नल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको पाँच लाख मध्यको एक लाख लिन वीगन्जको लाठगली स्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाँउपालिका–२ सम्भौता निवासी अरुण कुमार साहलाई रुपैया सहित अख्यितारको टोलीले पक्राउ गरेपछि उनले दिएको जानकारीका आधारमा वीरगन्ज महानगरपालिकाको कार्यालयबाट दुवै जना कर्मचारीलाई नियन्त्रणमा लिएको अख्तियाका अधिकारीहरुले बताएका छन् ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको  कार्यकक्षबाट शिक्षा समन्वय इकाईका प्रमुख आलम  र शाखा अधिकृत साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

रुपैया लिन होटलमा पुगेका अनुरुण शाखा अधिकृत साहका भान्जा रहेको अख्तियारले जनाएको  छ । शाखा अधिकृत घुससँगै पक्राउ परेकोअभियोगमा पहिलोपनि ३ वर्ष निलम्बन भइ सकेका छन । निलम्बन फुकुवा भएको  एक वर्ष नवित्दै साह पुनः अख्तियाद्वारा पक्राउ गरिएका हुन । पक्राउ गरिएका आलम र साहलाई आवश्यक अनुसन्धनका लागि मकवानपुर लगिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ