arrow

चालकहरुको आन्दोलनले वीरगन्ज भन्सारबाट ढुवानी ठप्प, तीन दिनमा ५५ करोड भन्दा बढी राजश्व गुम्यो

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज ४ बिहिबार
Birgunj_Bhanshar.jpg

वीरगन्ज। चालकहरुले गरेको आन्दोलनका कारण तीन दिनमा वीरगन्ज भन्सार कार्यालयको  ५५ करोड भन्दा बढी रुपैँया राजश्व अवरुद्ध भएको छ । चालकहरुको आन्दोलनका कारण वीरगन्ज भन्सार कार्यालयबाट हुँने ढुवानी नै ठप्प भएपछि असार ३ गते सम्ममा  ५५ करोड ७९ लाख रुपैया राजश्व प्रभावित भएको हो  ।

प्रति दिन ३८ करोड ७५ लाख रुपैया राजश्व सङ्कलनको लक्ष्य भएपनि ढुवानी अवरुद्ध भएको कारण कार्यालयले असार ३ गते सम्ममा मात्र ६० करोड ४५ लाख रुपैया राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए । उनले दैनिक ४२ करोड भन्दा बढी राजश्व सङ्कलन हुने वीरगन्ज भन्सारमा  चालकहरुको आन्दोलनले हाल २० देखी २२ करोड रुपैया मात्र राजश्व सङ्कलन भएको बताए ।
 
 विभागले दिएको लक्ष्य अनुसार तीन दिनमा  एक अर्ब १६ करोड २४ लाख रुपैया राजश्व सङ्कलन  गर्नु पर्नेमा ढुवानीको समस्याले लक्ष्य भन्द ४८ प्रतिशत कम राजश्व सङ्कलन भएको अधिकृत खत्रीले जानकारी दिए। उनले हाले देखिएको समस्यालाई चाँडो समाधान नगरे असोज महिनाको लक्ष्य हासिल गर्न नसकिने बताए ।
 
नेपालको प्रुमुख व्यपारीक नाकाको  रपमा रहेको वीरगन्जबाट नेपालका लागि  आवस्य ७० प्रतिशत इन्धन र ६० प्रतिशत खाद्ययान लगायत उपभोग्य बस्तु आयात हुने गरेको छ ।  मुलुकी सहिता ऐन २०७४मा जन्मकैद  हुने कानुनको विरोध गर्दै चालकहरुले आन्दोलन सुरु गरेको दिन अर्थात असार २ गते यता भारतबाट  नेपालकालागि आयात हुने इन्धन तथा खाना पकाउने ग्याँस आयात नभएको  वीरगन्ज भन्सारले जनाएको  छ ।

वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल तथा बरौनिबाट नेपालका लागि हुने इन्धनको आयात दुई दिन देखी ठप्प भएको  भन्सार अधिकृत खत्रीले जानकारी दिनुभयो । उहाँले खाद्ययान, लत्तापडक लगायतमा उपभोग्य बस्तु बढी आयात हँुने असोज महिनाको सुरुमै भएको चालकहरुको  आन्दोलन चाडै समाप्त नभए मुलुकभरीकै  बजारमा ठुलो असर पर्न बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ