arrow

बंगलादेशविरुद्ध अफगानिस्तानको फराकिलो जित, रशिदको अलराउन्ड प्रदर्शन 

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
afghanistan-bangladesh.jpg

काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । युवा स्टार रशिद खानले अलराउण्ड प्रदर्शन गरेपछि अफगानिस्तान १३६ रनले विजयी भएको हो । 

यो अन्तर अफगानिस्तानको टेष्ट मान्यता प्राप्त राष्ट्र विरुद्ध फराकिलो हो ।

युएईमा जारी खेलको समूहको अन्तिम खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ११९ रनमै समेटियो ।


टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५५ रन जोडेको थियो । आठौं विकेटका लागि ५५ बलमा नटआउट ९५ रनको साझेदारी भएपछि अफगानिस्तानले उच्च योगफल बनायो ।

रशिदले ३२ बलमा नटआउट ५७ तथा गुलबदिन नाइबले ३८ बलमा नटआउट ४२ रन बनाए । त्यसअघि मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीले ५८ रन जोडेका थिए । शकिब अल हसनले ४ विकेट लिए ।


जवाफमा बंगलादेशले ४२.१ ओभरमा अलआउट हुँदै ११९ रन बनायो । शकिबले ३२ तथा ममुदुल्लाहले २७ रन बनाए रशिद, मुजिब उर रहमान र नाइबले २–२ विकेट लिए । 

बर्थडेमा रशिद म्यान अफ द म्याच मात्र भएनन् । कीर्तिमान रचे । उनी सशक्त अलराउण्डर पनि बनेका छन् ।  अफगानिस्तानले यसअघि समूहमा श्रीलंकालाई पनि हराएका थियो । 

यो नतिजासँगै एसिया कपको सुपर फोर समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेता तथा समूह ‘बी’बाट अफगानिस्तान समूह विजेता र बंगलादेश उपविजेता बनेका छन् । सुपर फोरमा सबै टोलीले एक अर्काको सामना गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ