arrow

एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिपः नेपाल म्यानमारविरुद्ध ‘गर या मर’ को स्थितिमा

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
ANFA-football.jpeg

काठमाडौं । पहिलो खेलमा फिलिपिन्ससंग ४–० ले पराजित भएपछि कमजोर देखिएको नेपालले एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनौटको दोस्रो खेलमा शुक्रबार म्यानमारसँग खेल्दैछ ।

घरेलु मैदानमा बलियो हुनुपर्ने नेपालले कमजोर प्रदर्शन गरेको नेपालले छनौट हुने सम्भावनालाई जिवितै राख्नलाई म्यानमारमाथि जित हासिल गर्नुपर्ने छ । काठमाडौंमा जारी छनौटमा समूह ‘ई’ का खेलहरु भइरहेका हुन् । 

म्यानमारले पहिलो खेलमा मलेसियालाई हराएको थियो । समूह ‘इ’ को छनौटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स छन् । हरेक समूहका शीर्ष दुई टोली अर्को वर्ष थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ फुटबल प्रतियोगिताका लागि छनौट हुनेछन् ।

प्रतियोगिताको फाईनल चरणका लागि उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ