arrow

मुख्यमन्त्री पौडेलको निर्णयमा निजी प्रयोजनका लागि काटिए सालका रुख, डीएफओ भागे

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
sal.jpg

हेटौंडा । हेटौंडा ११ नवलपुरमा रहेको शहिद स्मारको हातामा रहेको सालको रुख काटिएको छ । नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै यस विषयमा जनाकारी दिएको हो । 

नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष माधव सुवेदीले  शहिद स्मारक विकास समितिका अध्यक्ष रहेका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकै निर्णय अनुरुप नै ठूलो मात्रामा सालको रुख काटिएको बताए ।   

पत्रकारको टोली नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वनको क्षेत्रमा पुग्दा रुख काटिएको र  उक्त सालका रुख काटेर घाटगद्दी गरी विक्री गर्न योग्य बनाइ राखिएको अवस्थामा भेटिएको छ । 

यता वन समूहका उपभोक्ता राममणि उप्रेतीले वन समितिका पदाधिकारीसंग बुझ्दा समितिको निर्णय बमोजिम नै काटिएको भन्ने जवाफ पाएको र रुख कटानको अवस्था हेर्दा जंगल नै मासिने स्थिति देखेपछि बाध्य भएर जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत प्रल्हाद धिताललाई  कारबाहीको माग गर्दै निवेदन दिन खोज्दा समेत डीएफओ भागेपछि पत्रकार सम्मेलन गर्नु परेको बताए । 

स्मारकको नाममा व्यक्तिगत निजी प्रयोजनको लागि भवन निर्माण भैरहको र त्यसैको लागि जंगलमा मेसिन लगाउने तथा रुख ढाल्ने काम भैरहेको उनको आरोप छ । 

 उनले राजनीतिको आडमा वनको जग्गामा व्यक्तिले ३ तले घर बनाउँदा पनि स्मारक व्यवस्थापन पक्ष चुप लागेर बसेको बताए । त्यसैगरी नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष बालकृष्ण बिडारीले स्मारकको लागि करिब ३ करोडको प्रोजेक्ट आएकोले १५–१६ वटा लाथ्रा काटिएको स्वीकारे गरे ।

 ‘जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रलाद धितालले सामुदायिक वनले काटिएको अवस्थाको केही काठ समूहमा लगेर राखेको बुझ्नमा आएको भन्दै उनले यस बिषयमा अनुसन्धानको लागि ईलाकालाई जिम्मा दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ