arrow

माइक टाइसन महिला बनेको अफवाह फैलिएपछि...

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
Mike-Tyson.jpg

काठमाडौं । यो खबर सुनेर तपाई भने चकित हुनुभयो होला ! तर, यथार्थ धेरै फरक छ । केही अफ्रिकामा यो असत्य घटना एक सत्य विषयझैं बनेर फैलिएको थियो ।

एक अंग्रेजी वेबसाइटले ‘मनोरञ्जन’को रुपमा पूर्व हेविवेट बक्सिङ च्याम्पियन माइक टाइसनले आफ्नो लिंग परिवर्तन गरेको खबर प्रकाशित गरेको थियो । सोही ‘रमाइलो’को लागि छापिएको खबरलाई अफ्रिकाका न्यूज वेबसाइटहरुले सही माने र जोडतोडका साथ समाचार प्रकाशित गरेका थिए ।

बेलायतको एक वेबसाइटमा माइक टाईसनले लिंग परिवर्तन गरेको खबर रमाइलोको रुपमा प्रकाशित भएको थियो । जसमा भनिएको थियो कि टाईसनले लिंग परिवर्तन गरेर महिला बने र आफ्नो नाम परिवर्तन गरी मिशेल राखे ।

तर, यही ‘मजाक’ एक सही खबर बनेर पूरा अफ्रिकाभरी फैलियो । अफ्रिकाका कयौं पत्रिकाका अनलाइन संस्करणले यो ‘रमाइलो’ खबरलाई सही मानेर प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

 टाईसन सम्बन्धी यस्तो ‘मजाक’ समाचार सबैभन्दा पहिले बेलायतको न्यूजबिस्किटमा व्यंग्यात्मक रुपमा प्रकाशित भएको थियो । त्यसलाई जिम्बाबेको स्टान्डर्डले सही मानेर समाचार प्रकाशित गर्‍यो भने स्पाईघाना वेबसाइटमा उक्त खबर सही मानेर नै प्रकाशित भएको जनाइएको छ ।

 जिम्बाबेको स्टान्डर्ड बेबसाइटका अनुसार टाईसनले बताएका थिए कि पहिलो पटकको मासिक चक्र अनुभव उनको एक ठूलो सपना हो । त्यसैले उनले  आफ्नो नाम परिर्वतन गरेर मिशेल राखेका छन् । ब्यंग्यात्मक उक्त खबरलाई सही मानेर प्रकाशित गरेपछि त्यसले फेसबुकमा हजारौं ‘लाइक’ प्राप्त गर्‍यो । त्यसपछि अफ्रिकाका सबैजसो वेबसाईटमा उक्त ब्यंग्यात्मक समाचार सही मानेर प्रकाशित गर्नेको होड नै चल्यो ।

 तथापी जिम्बाबेको स्टान्डर्ड वेबसाईटदे पनि टाइसनको उक्त खबर बेलायको ब्यंग्यात्मक वेबसाइट ‘न्यूजविस्किट’बाट हुबहु उतारेको थियो । जसमा लेखिएको थियो कि टाईसनले नोभेम्बर महिनामा आफ्नो लिंग परिवर्तन गराएका थिए । तर, हुबहु उतारिएको खबर पनि ब्यंग्य नबुझ्दा सही साबित गरेर सनसनी मच्चिने गरी फैलाइएको बीबीसीले उल्लेख गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ