arrow

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
lion.jpg

नयाँ दिल्ली, भारत । एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्य भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय अधिकारीले शुक्रबार बताएका छन् ।

मृतक सिंहमध्ये अधिकांश बच्चा रहेको अधिकारीले बताएका छन् । एउटा पोथी सिंहले बिषादीको प्रयोग गरी मारिएको बँदेल खाएका कारण मरेको थियो भने अन्य आठ वटा फोक्सो तथा कलेजोमा सङ्क्रमण भै मृत्यु भएको थियो ।

बिरामी बनेका तीन बच्चा (सिंह) एक आपसमा झगडा गर्ने क्रममा मरेका थिए भने अन्य तीन उपचारका क्रममा मरेका थिए ।

गुजरातका अधिकारीहरूले मृत सिंहलाई सङ्क्रमण र मृत्युको कारणबारे छानविन गर्न पशु अस्पताल पठाइएको छ ।

सामन्यतया मृत्युको कारण रोगको कारण सङ्क्रमण वा प्राकृतिक भएको जस्तो देखिएको स्थानीय वन विभाग कार्यालयका अधिकारी विजय चौधरीले एएफपीसँग बताए ।

सन् २००० मा उच्च सङ्कटको सूचीमा रहेका भनी सूचीकृत गरिएको थियो । भारतको गुजरातमा रहेको गिर राष्ट्रिय निकुञ्जको एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रफलमा मात्र सिंह पाइने गर्छन् । यो क्षेत्रलाई गुजरातको प्रमुख पर्यटकीय आकर्षणका रूपमा लिने गरिन्छ । तर पछिल्ला दिनहरूमा सिंहको चोरीशिकारी बढेको छ ।

विज्ञहरूले यतिधेरै सिंहको १० दिनभित्र मृत्यु हुनुलाई प्राकृतिक घटना भनेर नजरअन्दाज गर्न नहुने बताएका छन् ।

सिंहको सङ्क्रमणबारे रोकथामका लागि सिंहको बथानको गतिविधि तथा सम्भावित आहारविहारमाथि निगरानी राख्ने र समस्याको निराकरण गर्नुपर्ने वन्यजन्तु विज्ञ तथा वन्यजन्तु समितिका सदस्य प्रियव्रत गाधवीले एएफपीसँगको कुराकानीमा बताए ।

सन् २०१५ मा गरिएको सिंह गणनामा एसियामा पाइने सिंहको सङ्ख्या ५२१ रहेको थियो । जसमध्ये सन् २०१६ मा १० वटा सिंहको बाढीले बगाएर मृत्यु भएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ