arrow

माल्दीभ्सको राष्ट्रपतीय चुनावमा ११ वटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षक अनुमति

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
maldives-election.jpg

माले। माल्दीभ्समा आगामी आइतबार हुने राष्ट्रपतिको चुनावका लागि ३८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिइएको माल्दीभ्सको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको वक्तव्यमा ११ वटा अन्तर्राष्ट्रिय संस्थाका ३८ जना पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने जनाइएको छ।

चुनावमा श्रीलङ्का, फिलिपिन्स, रोमानीया, थाइल्यान्ड, मलेसिया र हङ्गेरीका चुनाव आयोगहरुका साथै इस्लामिक सहयोग संस्था, अल पार्टी बेलायती संसदीय समूह, युरोपेली एलायन्स अफ कन्जरभेटिभ एन्ड रिफर्मिस्ट तथा एसियन नेटवर्क फर फ्रि इलेक्सन (आन्फ्रेल) ले पर्यवेक्षण गर्नेछन्।

अरु १४ वटा सञ्चार माध्यमसँग सम्बन्धित संस्थाहरुले समेत चुनावको पर्यवेक्षण गर्ने मन्त्रालयले जनाएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ