arrow

ए डिभिजन लिगका लागि थ्रीस्टार तयार, २५ सदस्यीय टोली घोषणा

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
three-star-club.jpg

काठमाडौं। थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो। त्यसैअनुसार थ्रीस्टारले दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी दिए।

थ्रीस्टारले बिहीबार मात्र राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङलाई क्लबमा अनुबन्ध गरेको थियो। सार्वजनिक गरिएको टोलीमा अनिलसँगै रञ्जन विष्ट, अनन्त तामाङ, सुनील बल, विक्रम लामा, निराजन खड्का, एलान न्यौपानेजस्ता राष्ट्रिय खेलाडीलाई समावेश गरिएको छ। थ्रीस्टारको टोलीमा गोलकिपर एलन न्यौपाने, पूर्ण चाम्लिङ र अभिषेक बराल, डिफेन्डरमा अनन्त तामाङ, रञ्जीत धिमाल, विजय धिमाल, विष्णु सुनार, अशोक खवास, जीवन गुरुङ र पिटर सेगुन छन्।

मिडफिल्डमा विक्रम लामा, निराजन खड्का, सुनील बल, रुपेश केसी, मिसान लामा, दीपेश घले र दीपसन राउत तथा फरवार्डमा अनिल गुरुङ, रञ्जन विष्ट, बुद्ध लिम्बू, समुन श्रेष्ठ, अजायी मार्टिनिज र जेनिश प्रजापति छन्। झण्डै चार वर्षपछि एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेको हो। थ्रीस्टारले ए डिभिजन लिग पाँच पटक जितेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ