arrow

विदाका दिन निगमले फालाफाल पेट्रोल–डिजेल बाँड्यो, अरु दिन भन्दा २ लाख लिटर बढी 

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
Nepal-Oil.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले केही दिन यता असज भएको पेट्रोल–डिजेलको आपूर्ति सहज गर्न शनिबार सार्वजनिक विदाका दिन समेत वितरण गरेको छ। काठमाडौं उपत्यकामा सरकारले शनिबार एकैदिन निगमले १७ लाख लिटर पेट्रोल र डिजेल वितरण गरेको छ ।

निगमको थानकोट डिपो प्रमुख भरत रेग्मीले  शनिबार दिनभरका लागि लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको बताए । यो साविकको एक दिनको वितरण भन्दा २ लाख लिटर बढी हो । 

निगमले उपत्यकामा दैनिक औसत ६ लाख लिटर पेट्रोल र सात लाख लिटर डिजेल वितरण गर्छ । सामान्यतया शनिबारका दिन निगमबाट पेट्रोल–डिजेलको वितरण नगर्ने भएपनि आपूर्ति सहज पार्न विदाको दिनमा समेत वितरण गरिएको रेग्मीले बताएका छन् । 

निगमको थानकोट डिपोमा ४५ लाख लिटर डिजेल र ३० लाख लिटर पेट्रोल छ । यस्तै, सरकार र आन्दोलनरत चालकबीच भारतबाट आयात गर्नेमा सहमति जुटेपछि पेट्रोलियम पदार्थ भित्रिन थालिसकेको रेग्मीको भनाई छ । अहिले पम्पहरुले मागेजति पेट्रोल डिजेल पाउन थालेको भएपनि केही दिनको असजताका कारण शनिबार पनि विभन्न पम्पमा लाइन भने हटेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ